IME Life
GBIME

कुमारी इक्विटी फन्डको ईकाइमा आवेदन दिने समय थपियो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले फागुन १४ गते, शुक्रबारदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको कुमारी इक्विटी फन्ड सामुहिक लगानी कोषमा आवेदन दिने समय लम्बिएको छ ।

यसअघि फागुन १८ गते, मंगलबारसम्म आवेदन दिन पाइने भनिएकोमा पर्याप्त आवेदन नपरेको हुनाले १० दिन म्याद थप गरिएको हो । अब फन्डमा फागुन २८ गते शुक्रबारसम्म आवेदन दिन सकिनेछ ।

Crest

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८ करोड इकाई निष्काशन तथा बिक्री खुल्ला गरेको हो । फण्डले १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई खुल्ला गरेको हो । यो दशवर्षे बन्दमुखी योजना हो ।

इक्रा नेपालले यो योजनालाई एएमसी ३ रेटिङ प्रदान गरेको छ । उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS