काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र निष्काशन तथा विक्री खुला गर्ने मिति परिवर्तन भएको छ । कम्पनीले फागुन १९ गतेदेखि विक्री खुला गर्ने भनिएको ऋणपत्रको निष्काशन मिति भई अब फागुन २८ गतेबाट खुला गर्ने जनाएको छ । कम्पनीले ‘८ दशमलव ७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ निष्काशन गर्न लागेको हो ।
कम्पनीले ८ दशमलव ७५ प्रतिशत व्याजदरको ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये २ अर्ब १० करोड बराबरको २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी १ अर्ब ४० करोड बराबरको १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा विक्री गर्न लागेको हो ।
८ वर्ष अवधिको उक्त ऋणपत्रमा सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन्।