काठमाडौं । नेप्से सूचक ४०.६४ अंकले सुधार भएर २५१५.०३ अंकमा बन्द भएको छ। सबैभन्दा धेरै व्यापारको सूचक ३.३२ प्रतिशतले बढेको छ। दोस्रो बजारमा २०९ वटा कम्पनीको कारोबार हुँदा १६३ वटाको मूल्य बढेको छ भने ४ वटाको मूल्यमा गिरावट आएको छ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीको ४४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, शिखर इनस्योरेन्सको ३० करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यस्तैगरी, ग्लोबल आईएमई बैंक लिमिटेड, नेपाल बैंक , नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एनआईसि एशिया बैंक, नेको इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, प्रभु बैंकले पनि सबैभन्दा बढी कारोबार गरेका छन् ।