काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से ७९ दशमलव ७४ अंकले घटेर २४७४ दशमलव ३९ को विन्दुमा कायम भएको छ ।होटल एण्ड टुरिजम बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ।
सोमबार २ सय ७ सय वटा कम्पनीको १ करोड ६० लाख १७ हजार ३ सय २२ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
चन्द्रागिरी हिल्सका लगानीकर्ताले सर्वाधिक धेरै ९ दशमलव ८१ प्रतिशतले कमाएका छन् भने सिटिजन्स् म्युचुअल फण्ड २ का लगानीकर्ताले २ दशमलव ८४ प्रतिशतले कमाएका छन् ।
त्यस्तै, शिखर इन्स्योरेन्स, एनआईसी एशिया डिभेञ्चर ८२र८३, एनआईसी एशिया डिभेञ्चर ८१र८२, एनएलजी इन्स्योरेन्स, प्रभु बैंक डिभेञ्चर ८४, सगरमाथा इन्स्योरेन्स, लक्ष्मी उन्नती कोष, सनराईज बैंक डिभेञ्चर ८० का लगानीकर्ताले धेरै कमाएका छन् ।