काठमाडौं । नेप्से ७९ दशमलव ७४ अंकले घटेर २४७४ दशमलव ३९ को विन्दुमा कायम भएको छ ।होटल एण्ड टुरिजम बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ।
सोमबार २ सय ७ सय वटा कम्पनीको १ करोड ६० लाख १७ हजार ३ सय २२ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको १ अर्ब २ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, निफ्राको ६३ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
चन्द्रागिरी हिल्सका लगानीकर्ताले सर्वाधिक धेरै ९ दशमलव ८१ प्रतिशतले कमाएका छन् भने सिटिजन्स् म्युचुअल फण्ड २ का लगानीकर्ताले २ दशमलव ८४ प्रतिशतले कमाएका छन् ।
गणपति माईक्रोफाइनान्सका लगानीकर्ताले ७ प्रतिशतले गुमाएका छन् भने नेपाल फाइनान्सका लगानीकर्ताले ६ दशमलव ७४ प्रतिशतले गुमाएका छन् ।