काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी सभाबाट पारित भएपश्चात् शेयरधनीले पाउनेछन् । कम्पनीको फागुन १६ गते बसेको संचालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।