काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । कम्पनीले आजदेखि लागू हुने गरी कम्पनीलाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको जनाएको छ ।
कम्पनीले सर्वसाधारणका लागि फागुन १४ गते आईपीओ बाँडफाँट गरेको थियो । उक्त आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी पनि सोहि मर्चेण्ट बैंकिङ लिमिटेडले गरेको थियो ।
अब कम्पनीको शेयर सम्बन्धि सम्पूर्ण काम यसै मर्चेण्ट बैंकिङबाट हुने कम्पनीले सूचना जारी गरी जानकारी गराएको हो ।