काठमाडौं । एनआईसी एशिया बैंक अन्तर्गत संचालित एनआईसी एशिया ग्रोथ फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) अघिल्लो महिनाको तुलनामा वृद्धि भएको छ।पुस मसान्तसम्ममा १४ रुपैयाँ ९ पैसा रहेकोमा माघ मसान्तमा वृद्धि भएर १६ रुपैयाँ ३१ पैसा पुगेको हो ।
फण्डले माघ मसान्तसम्ममा ५२ करोड ५५ लाख १३ हजार नाफा कमाएको छ । पुस मसुान्तको तुलनामा माघ मसान्तमा उक्त योजनाको नाफा २९ प्रतिशतले वृद्धि भएको हो । पुस मसान्तमा योजनाले ४० करोड ६९ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
माघ मसान्तमा योजनाले लगानी गरेका कम्पनीहरुको शेयर मूल्यमा वृद्धि आएसँगै नाफामा वृद्धि भएको हो । माघ मसान्तसम्ममा उक्त योजनाले सूचीकृत तथा सूचीकृत नभएको शेयर तथा डिबेञ्चरमा गरेको लगानीको लागत मूल्य ६६ करोड ५९ लाख ३० हजार रुपैयाँ रहेकोमा यसको बजार मूल्य १ अर्ब १८ करोड १ लाख २५ हजार रुपैयाँभन्दा बढी पुगेको हो ।