काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले माघ २२ गते, बिहीबारबाट फागुन ६ गते, बिहीबारसम्म निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्र बाँडफाँड गरिएको विक्री प्रबन्धकले एक सुचना जारी गर्दै जनाएको छ ।
बैंकले १० वर्ष अवधिको लागि ‘१० वर्ष, ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ नाममा एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गरेको थियो ।
उक्त अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदनहरू प्रशोधन गर्दा ८ लाख ९९ हजार ३ सय ६८ कित्ता ऋणपत्र हिजो फागुन १२ गते बाँडफाँड गरिएको निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।