काठमाडौं । कुमारी बैंकले २ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैंकले विभिन्न १२ जना संस्थापकहरुको कुल २ लाख २८ हजार ४ सय कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो ।
बैंकका १२ जना संस्थापक शेयर विक्री गर्नको लागि निवेदन दिएकोले सोहि अनुसार शेयर लिलाम गर्न लागेको जनाएको छ । शेयर लिलाममा बैंक कै हाल कायम संस्थापकलाई प्राथमिकता दिईने भएकोले ३५ दिन भित्र हाल कायम संस्थापकहरुलाई आवेदन दिन बैंकले आग्रह गरेको छ ।
लिलामको शेयरमा ३५ दिन भित्र हाल कायम संस्थापक लगानीकर्ताबाट आवेदन नपरेमा ति शेयर अन्य लगानीकर्तालाई बिक्रि गरिने बैंकले जनाएको छ । शेयरको बिक्रि मूल्य संस्थापकले तोके बमोजिम नै हुने छ ।
ईच्छुक संस्थापक लगानीकर्ताले बिक्रि प्रबन्धक कुमारी क्यापिटलमा बोलपत्र पेश गर्न सक्नेछन् ।