काठमाडौं । नागरिक लगानी कोषले फागुन २१ गते, शुक्रबारबाट शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कोषले पुस २८ गते मंगलबारदेखि माघ १९ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको ३ लाख ५४ हजार एक सय ५० कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।
लगानीकर्ताले फागुन २१ गते, शुक्रबारबाट चैत्र २ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्युनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
लगानीकर्ताहरुले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौँ, नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाडौँ तथा शाखा कार्यालयहरू मोरङ र कास्की तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।