Connect IPS
IME Life

३ कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको विभिन्न ३ वटा कम्पनीको संस्थापक समूहको लिलामी शेयर भर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख ३६ हजार ३ सय ६१ कित्ता, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ६१ हजार २ सय कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख ९८ हजार ५ सय ९८ कित्ता संस्थापक समूहको शेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

Prabhu
Crest

आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड​को शेयर मुल्य ५२३ रुपैयाँ रहेको छ । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड​​को ८१२ रुपैयाँ रहेको छ ।

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड​को ४६३ रुपैयाँ रहेको छ । लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS