काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर मूल्य समायोजन भएको छ । संस्थाको १३ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ४ सय ४० रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य एक हजार ६ सय २७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।