Connect IPS
IME Life

नागरिक लगानी कोष र फलेवास नगरपालिकाबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पर्वतको फलेवास नगरपालिकाका असंगठित क्षेत्रका बिपन्न मजदुरको ५ सय रुपैया योगदान तथा नगरपालिकाद्धारा ५ सय रुपैया थप गरी मासिक १ हजार रुपैयाको दरले प्रति महिना रकम जम्मा गर्ने गरी नागरिक लगानी कोष र फलेवास नगरपालिका वीच सम्झौता भएको छ ।

सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नगरपालिकाका तर्फबाट नगर प्रमुख पदमपाणी शर्माले हस्ताक्षर गरेका छन । उक्त योजनामा सहभागी करीव ७ सय असंगठित क्षेत्रका बिपन्न मजदुरहरुले ६० बर्ष पुगे पश्चात मासिक रुपमा पेन्सन प्राप्त गर्ने वा सावाँ, ब्याज तथा प्रतिफल सहित एकमुष्ठ रकम लिन सक्ने गरी सहभागीता गराइएको छ । यस पेन्सन योजनाको बैकिङ्ग पार्टनरको रुपमा एन.आइ.सि.एसिया बैंक रहेको छ ।

Prabhu
Crest

नगरपालिकाको यस कार्यक्रमलाई एन आइ सि एसियाको कुस्मा शाखाबाट सेवा प्रदान गर्ने ब्यवस्था समेत गरिएको छ । पहिलो चरणमा सहभागी भएका प्रत्येक सहभागीलाई सामाजिक उत्तर दायित्व अन्र्तगत कोषको तर्फबाट १÷१ सय रुपैयाँ सहभागीको खातामा थप गर्ने कोषका कार्यकारी निर्देशक नेपालले बताए । सो अवसरमा नगरपालिका प्रमुख, उप–प्रमुख लगायत अन्य दलका प्रतिनिधिले नगरपालिकाको कदम, कोषको सहयोग र सहकार्यको प्रसंशा गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS