काठमाडौं । नेप्से ३२ दशमलव ६७ अंकले घटेर २६०७ दशमलव ६७ को विन्दुमा कायम भएको छ । हाईड्रोपावर र अन्य क्षेत्रको बोहक अन्य उपसूचकहरु राताम्मे भएको छ।
आइतबार २ सय ७ सय वटा कम्पनीको २ करोड १६ लाख १४ हजार ४ सय ५२ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज निफ्रा र आँखुखोला जलविद्युत कम्पनीका शेयरधनीले १० प्रतिशतले कमाएका छन् भने नेपाल हाईड्रो डेभलपरका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतले कमाएका छन् ।
त्यस्तै, अपर तामाकोशी, चनद्रागिरी हिल्स, शिव श्री हाईड्रोपावर, सनराईज फस्र्ट म्युचुअल फन्ड, खानीखोला हाईड्रोपावर, युनियन हाईड्रोपावर, रादी विधुत् कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् ।