काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा प्राइम लाइफ र एभरेष्ट बैंकको शेयर सूचीकृत भएको छ। नेप्सेमा बैंकको ४२ लाख ३५ हजार १ सय २.४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ५ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको हो ।
त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्सका १५ लाख ८१ हजार २ सय ५३ कित्ता शेयर सूचीकृत भएको हो ।कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ७ प्रतिशत बोनस वापतको उक्त शेयर आज सूचीकृत भएको हो ।