काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले माघ १६ गते, शुक्रबारबाट फागुन २ गते, आइतबारसम्म निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले एक सुचना जारी गर्दै यस्तो बताएको छ ।
बैंकले ७ वर्ष अवधिको लागि ‘८.५ प्रतिशत, ७ वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ नाममा ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको थियो । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गरेको थियो ।
उक्त अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदनहरू प्रशोधन गर्दा सर्वसाधारणका लागि छुट्याइएकोमा माग बमोजिम र व्यक्तिगत तवर मार्फत प्राप्त आवेदनको हकमा आंशिक रूपमा हिजो फागुन ९ गते, ऋणपत्र बाँडफाँड गरिएको निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्गले जनाएको छ ।
त्यस्तै, व्यक्तिगत तवर तर्फका आवेदकहरुले आंशिक बाँडफाँडमा परेको ऋणपत्र बाहेकको बाँकी रकम आजदेखि फिर्ता पाउनेछन् ।