IME Life
GBIME

आजसम्म शेयर किन्नेले निर्धन उत्थान लघुवित्तको लाभांश पाउने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि फागुन ११ गतेदेखि फागुन २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाको २२ औं वार्षिक साधारण सभा फागुन २५ गते हुँदैछ । सभामा संस्थाको पौष २४ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

Crest

यसका साथै, सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू रहेका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS