काठमाडौं । नेप्से ३ दशमलव ६६ अंकले बढेर २६४० दशमलव ३४ को विन्दुमा कायम भएको छ । बैंकिङ्, फाइनान्स, निर्जिवन बीमा, जीवन बीमा र माईक्रोफाइनान्स बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ।
आइतबार २ सय ७ सय वटा कम्पनीको २ करोड ४३ लाख ५ हजा ६६ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज सबैभन्दा नेपाल बैंकको ६१ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, निफ्राको ५३ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सबैभन्दा धेरै अपर तामाकोसी र शिव श्री हाईड्रोपावरका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाएका छन् भने निफ्राका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतले कमाएका छन् ।
सबैभन्दा धेरै गुमाउनेमा बेष्ट फाइनान्सका शेयर धनी छन्। उनिहरुले ३ दशमलव ३७ प्रतिशतले गुमाएका छन् त्यस्तै एभरेष्ट इन्स्योरेन्सका संस्थापक शेयरधनीले ३ दशमलव ३३ प्रतिशतले गुमाएका छन् ।