काठमाडौं। सिभिल बैंकले आज फागुन ९ गते १० औ वार्षिक साधारणसभा डाकेको छ। बैंकले केन्द्रिय कार्यालय सुनधारामा भर्चुअल माध्यमबाट साधारणसभा गर्ने भएको हो। साधारणसभामा गत वर्षको नाफा तथा जगेडा कोषबाट ८ प्रतिशत बोनस शेयरको विशेष प्रस्ताव रहेको छ।
सभामा अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था सँग गाभ्ने गाभिने कार्यका लागि आवश्यक प्रकृया अगाडि बढाउन सम्पुर्ण अधिकार सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव साधारणसभामा पेश गर्ने भएको हो।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पुँजी ८ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ।
बैंकले प्रस्ताव गरेको लाभांस माघ २२ गतेसम्म कायम शेयर धनीले मात्रै प्राप्त गर्ने छन्। साधारणसभा प्रयोजनका लागि माघ २३ गते एक दिन बुक क्लोज गर्ने भएको छ।