काठमाडौं । यो साता नेप्सेमा ७ वटा कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा अपि पावर कम्पनी, मुक्तिनाथ विकास बैंक,हिमालयन डिष्टीलरी, लक्ष्मी लघुवित्त वित्तीय संस्था,एनएलजी इन्स्योरेन्स कम्पनी, कामना सेवा विकास बैंक र अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको बोनश शेयर सूचीकृत भएको हो ।
मुक्तिनाथ विकास बैंकको ४८ लाख ६५ हजार ६१३ दशमलव १७ कित्ता बोनस शेयर,लक्ष्मी लघुवित्तको ४ लाख १७ हजार ४५० कित्ता, कामना सेवा विकास बैंकको ११ लाख १७ हजार ६८३ दशमलव ७९५७ कित्ता, एनएलजी इन्स्योरेन्सको ७ लाख १७ हजार २५५ कित्ता, अरुण भ्याली हाइड्रोपावरको ४ लाख ९९ हजार १६२ कित्ता, हिमालयन डिष्टीलरीको २८ लाख ९२ हजार ३४१ दशमलव २५ कित्ता र अपि पावर कम्पनी लिमिटेडको १७ लाख २० हजार ५ सय ६१ दशमलव ५० कित्ता बोनश शेयर सूचीकृत भएको हो ।