काठमाडौँ सिटिजन्स बैंक इन्टरनेशनल र पे लेस एप्स बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छूट दिने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौतापश्चात् सटिजन्स बैंकका कार्डबाहकहरुले पे लेस एप्ससँग आवद्ध ४५० भन्दा बढी आउटलेटहरूमा विशेष छूट पाउनेछन् । हालसम्म कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले देशैभरी फैलिएका आफ्ना १०९ ओटा शाखा, ९८ ओटा एटीएम र १०७ ओटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करीब ७ लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बताएको छ ।