काठमाडौं । रू रू जलविद्युत् परियोजनाले आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि आजबाट प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ ।
कम्पनीले १ सय रुपैयाँ प्रतिशेयरका दरले ४ लाख ७ हजार ७०५ कित्ता साधारण शेयर आयोजना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयहरुका लागि आईपिओ निष्काशन गरेको हो ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सकिन्छ । निष्काशन बन्द फागुन २१ गते रहेको छ भने आवेदन कम परेमा ढिलोमा चैत ८ गते बैंकिङ्ग समयसम्म आवेदन खुला रहने छ ।
प्रदेश ५ को गुल्मी जिल्लाको चद्रकोट गाउापालिका वडा नं. ६ र ७ मा निर्माण भएको उक्त जलविद्युत् आयोजनाले विद्युत् उत्पादन अनुमति प्राप्त वि.सं. २०७० चैत ९ गते पाएको हो ।