काठमाडौं। इन्स्योरेन्सखवरले फाल्गुन ५ गते बीमा कम्पनीको सञ्चालक पदमा महिला नगन्य, २६ कम्पनीले गरेनन् कम्पनी ऐनको पालना नामक शिर्षकमा समाचार प्रकाशन गरेको थियो। उक्त समाचार प्रकाशन भएको एक दिनमै एनएलजी इन्स्योरेन्स कम्पनीले रिक्त रहेको सञ्चालक पदमा शालिनी राणालाई नियुक्त गरेको हो।
कम्पनीको फाल्गुन ६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी ऐन २०६३ को दफा ९० ‘३’ बमोजिम राणालाई नियुक्त गरिएको जनाएको छ। कम्पनी ऐन अनुसार महिला शेयरधनी भएको पब्लिक कम्पनीले एक जना महिलालाई अनिवार्य सञ्चालक पदमा नियुक्ति गर्नै पर्ने व्यवस्था छ।
यस अगाडि मन बहादुर राइले सञ्चालक पदबाट राजिनामा दिएका थिए। उनि सेञ्चुरी बैंकको सञ्चालक पदमा निर्वाचित भैसकेका छन्। उनले राजिनामा दिए सँगै कम्पनी ऐन अनुसार राणालाई नियक्ति गरेको हो।