काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय खोपवा, बाराले बित्तीय साक्षरता तथा सरसफाई कार्यक्रम संचालन गरेको छ । करिव १०० जना स्थानीयहरुको सहभागितामा सम्पन्न कार्यक्रममा बारागढी गाउँपालिका वार्ड नं ३, इलाकाप्रहरी कार्यालय– खोपवा, बारा जिल्ला यूवा क्लबको प्रयोजन र मिर्मिरे लघुवित्तको आयोजनामा कार्यक्रम गरिएको हो ।
वित्तीय साक्षरता कार्यक्रममा लघुवित्तको परिचय, बचतको महत्तव, कर्जा, उद्यमशीलता, महिला सशक्तीकरणको विषयमा भिडियो प्रस्तुत्ति साथै ब्लक स्टेशन प्रमुख राम किशोर चौधरीले स्थानीय भोजपूरी भाषामा जनचेतना दिएका थिए ।
त्यस्तै सरसफाई कार्यक्रम खोपवा चोकबाट सुरु भई खोपुवा बजारमा समापन भएको हो । समापन कार्यक्रममा बोल्दै बारा जिल्ला यूवा क्लबका अध्यक्षले प्रत्येक महिनाको शनिबार सरसफाई कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता गरेका थिए ।