काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर मूल्य समायोजन भएको छ । संस्थाको २५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २ हजार ६ सय ७८ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ३ हजार ३ सय ४८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।