काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको ३ दशमलव ६८ प्रतिशत लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ ।
लघुवित्तको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीले लाभांश पाउनेछन् । लघुवित्तको पुस २७ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ३ दशमलव ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ० दशमलव १८४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
लघुवित्तले गत साउन २५ देखि भदौ २९ गतेसम्म बिक्री गरेको १०० प्रतिशत हकप्रद सेयरपछि कायम २३ करोड ३९ लाख ३३ हजार ७ सय रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस दिन लागेको हो ।
प्रस्तावित बोनस सेयरपछि पुँजी २४ करोड २१ लाख २१ हजार ३८० रुपैयाँ पुग्नेछ ।