Connect IPS
IME Life

दोश्रो त्रैमासको आधारमा शिखर र नेको इन्स्योरेन्सलाई दाँजेर हेर्दा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं।  केही समय देखि नेको इन्स्योरेन्सले निर्जीवन बीमाको लिडर कम्पनी शिखर इन्स्योरेन्सलाई टक्कर दिंदै आएको छ । अहिले धेरै लगानीकर्ताले शिखर र नेको इन्स्योरेन्सलाई दाँज्दै आएको पाईन्छ। बजारमा शिखर र नेकोलाई धेरै लगानीकर्ताले दाँजेर हेर्न थालेकोमा इन्स्योरेन्स खबरले दुई निर्जीवन बीमा कम्पनीलाई दाँजेर तुलानात्मक अध्ययन गरेको छ।

 

Prabhu
Crest

नोट: शिखर इन्स्योरेन्सको किताबी मुल्य निकाल्दा शेयर प्रिमियममा पनि जोडिएको

चुक्ता पूँजीको आधारमा :
नेको इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ३१ करोड रहेको छ भने शिखर इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ३७ करोड रहेको छ।

जगेडा कोषको आधारमा :
जगेडा कोषको आधारमा शिखर इन्स्योरेन्स अघि छ । शिखर इन्स्योरेन्सको जगेडा कोषमा ९४ करोड ०७ लाख रुपैयाँ संचित छ भने नेको इन्स्योरेन्सको जगेडा कोषमा ६४ करोड ३२ लाख रुपैया संचित छ । समिक्षा अवधिमा शिखरको जगेडा कोष ४० प्रतिशतले वृद्धि भएको छ भने नेको इन्स्योरेन्सको जगेडा कोष ६२ प्रतिशतले वृद्धि भएको छ।

बीमा कोषको आधारमा :
बीमा कोषको आधारमा शिखर इन्स्योरेन्स अघि छ। शिखर इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब १७ करोड रुपैया संचित छ भने नेको इन्स्योरेन्सको बीमा कोषमा ९६ करोड ३६ लाख रुपैयाँ संचित छ। शिखर इन्स्योरेन्सको बीमा कोष ११ प्रतिशतले वृद्धि भएको छ भने नेको इन्स्योरेन्सको बीमा कोष ४० प्रतिशतले वृद्धि भएको छ।

कुल र खुद बीमा शुल्क आर्जनको आधारमा :
शिखर इन्स्योरेन्सले २ अर्ब ११ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने ७४ करोड ४५ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै नेको इन्स्योरेन्सले १ अर्ब ३६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने ९४ करोड ४३ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।
समिक्षा अवधिमा शिखर इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन रकम २० प्रतिशतले वृद्धि भएको छ भने खुद बीमा शुल्क आर्जन रकम ३ प्रतिशतले मात्र वृद्धि भएको छ त्यस्तै नेको इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन रकम १८ प्रतिशतले वृद्धि भएको छ भने खुद बीमा शुल्क आर्जन रकम ३३ प्रतिशतले वृद्धि भएको छ।

खुद नाफाको आधारमा :
शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म २४ करोड १४ लाख खुद नाफा गरेको छ भने नेको इन्स्योरेन्सले २६ करोड ४० लाख खुद नाफा गरेको छ । समिक्षा अवधिमा शिखर इन्स्योरेन्सको खुद मुनाफा १२ प्रतिशतले वृद्धि भएको छ भने नेको इन्स्योरेन्सको खुद मुनाफा ६० प्रतिशतले वृद्धि भएको छ।

प्रतिशेयर आम्दानीको आधारमा :
शिखर इन्स्योरेन्सको वार्षिक प्रति शेयर आम्दानी ३५ रुपैयाँ १३ पैसा छ भने नेको इन्स्योरेन्सको वार्षिक प्रति शेयर आम्दानी ४० रुपैयाँ ०८ पैसा छ।

मूल्य आम्दानी अनुपातको आधारमा :
फागुन ३ गतेको बजार मूल्यलाई आधार मान्दा शिखर इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ७५ गुणा छ भने नेको इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४२ गुणा छ । मूल्य र आम्दानीको आधारमा नेको इन्स्योरेन्स बजार मूल्य शिखर इन्स्योरेन्स भन्दा सस्तो देखिन्छ।

किताबी मूल्यको आधारमा :

शिखर इन्स्योरेन्सको किताबी मूल्य २६१ रुपैयाँ छ भने नेको इन्स्योरेन्सको किताबी मूल्य २२९ रुपैया छ।

(उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS