काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले चार कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । वार्षिक प्रतिवेदन नबुझाएको भन्दै कारोबार रोक्का गरेको ४ कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो ।
रैराङ हाइड्रोपावर कम्पनी लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमिटेड, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर कारोबार फुकुवा भएको हो ।
उक्त कम्पनीहरूले मागे अनुसारको विवरण बुझाएका हुनाले सोमबारबाट कारोबार गर्न मिल्ने गरी शेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।