काठमाडौं । नेप्से ३३ दशमलव ३३ अंकले घटेर २४९३ दशमलव ५९ को विन्दुमा कायम भएको छ । म्युचुअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ।
दिनभरिमा २ सय २ सय वटा कम्पनीको १ करोड ४८ लाख ५१ हजार ५ सय ९२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेको इन्स्योरेन्स ५२ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल बैंकको ३६ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यस्तै, नेपाल टेलिकम, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, ग्लोबल आइएमई बैंक, डिप्रोक्स लघुवित्त, नेपाल लाइफ, प्रभु बैंक र एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ।