काठमाडौं । नेप्से ३३ दशमलव ३३ अंकले घटेर २४९३ दशमलव ५९ को विन्दुमा कायम भएको छ । म्युचुअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ।
दिनभरिमा २ सय २ सय वटा कम्पनीको १ करोड ४८ लाख ५१ हजार ५ सय ९२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेको इन्स्योरेन्स ५२ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल बैंकको ३६ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यस्तै, आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको निफ्राको शेयरमा पोजेटिभ सर्किट लागेको छ । निफ्राको शेयर १० प्रतिशतले बढेको छ भने कर्पोरेर्ट डेभलपमेन्ट बैंकको शेयर ७ दशमलव ८५ प्रतिशतले बढेको छ।
स्र्पोट माईक्रोफाइनान्सका लगनीकर्ताले ९ दशमलव २७ दशमलव ३८ प्रतिशतका दरले गुमाएका छन् भने स्वाभिमान लघुवित्तका लगानीकर्ताले ९ दशमलव १३ प्रतिशतका दरले गुमाएका छन् ।