काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आथिृक वर्ष २०७६ /७७ को लाभांश प्रस्ताव गरेको छ । संस्थाको माघ २९ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र संस्थाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।