काठमाडौं । आजबाट नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको धितोपत्र दोस्रो बजारमा कारोबार खुल्ला हुने भएको छ । बैंकले गत बिहीबार माघ २९ गते नेप्सेमा आइपीओ शेयर सूचिकृत गराएको हो ।
माघ २९ गते बैंकको २० करोड कित्ता साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो ।
नेप्सेले बैंकको पहिलो कारोबारका लागि न्युनतम ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रूपैयाँ ८६ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । बैंकको आइपिओलाई शेयर कारोबार गर्नका नेप्सेले NIFRA संकेत प्रदान गरेको छ ।