काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको शाखा कार्यालयहरु एक आपसमा गाभिने भएका छन् । एकै स्थानमा शाखा कार्यालय दोहोरिएको भन्दै बैंकले सैनामैनाका २ वटा शाखाहरुलाई एक आपसमा गाभ्ने भएको बैंकले जनाएको छ ।
बैंकले रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ३ को मुर्गिया र सैनामैनाकै वडा नं ५ बुद्धनगरमा रहेको शाखालाई गाभेर वडा नं ५ बुद्धनगरको शाखा कार्यालयबाट सेवा दिने बैंकले बताएको छ । उक्त शाखाबाट फागुन ९ गतेदेखि एकीकृत कारोबार हुने जानकारी दिएको छ ।