Connect IPS
IME Life

प्रुडेन्सियल इन्स्योरेन्सको खुद बीमाशुल्क र नाफामा देखियो सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं ।प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले पुस मसान्तसम्ममा ३२ करोड ५४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आवको सोही अवधिमा २३ करोड ६६लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३७ प्रतिशतले बढी हो ।

१ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको २३ करोड ९८ लाख रुपैयाँ जगेडा कोषमा जम्मा रहेको छ । दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको बीमा कोषमा ५७ करोड ३७ लाख रुपैयाँ संचित रहेको छ ।

Prabhu
Crest

दोस्रोे त्रैमासको अवधिमा कम्पनीमा ८० हजार ८ सय ८१ वटा बीमालेख जारी भएका छन् । पुस मसान्तसम्ममा कम्पनीले २८ करोड रुपैयाँ माथि कुल दावी भुक्तानी गरेको छ भने ३६ करोड रुपैयाँ कुल दाबी भुक्तानी हुन बाँकि रहेको छ।

चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिमा कम्पनीले ७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ६ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।गत बर्षको तुलनामा कम्पनीको नाफा १५ प्रतिशतले बढेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS