काठमाडौं । नेप्से १६ दशमलव ११ अंकले घटेर २५२६ दशमलव ९२ को विन्दुमा कायम भएको छ । बैंकिङ्, विकास बैंक र म्युचुअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ।
दिनभरिमा २ सय ६ वटा कम्पनीको १ करोड ६० लाख ५८ हजार ४ सय ५८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै डिप्रोक्स लघुवित्तको ५६ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको ४६ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यस्तै, कुमारी बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, नेपाल लाइफ, एनआईसी एशिया बैंक, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स र प्राईम कर्मसीयल बैंकको सर्वाधिक कारोबार भएको छ ।