काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकले लाभांश संशोधन गरेको छ । यसअघि बैंकले ५ दशमलव १० प्रतिशत लाभांश प्रस्ताव गरेकोमा अब ४ प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीको पुस २७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ सम्मको वितरणयोग्य नाफा र शेयर प्रिमियम वापतको रकमबाट ४ दशमलव ८५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
अब कम्पनीले कुल ३ दशमलव ८० प्रतिशत बोनस शेयर र शून्य दशमलव २० प्रतिशत नगद लाभांश गरी ४ प्रतिशत लाभांश वितरण गर्ने पौडेलको भनाइ छ ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्दा राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश संशोधन गरेको बैंकले जनाएको छ ।