Connect IPS
IME Life

महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ६६ ले बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले पुस मसान्तसम्ममा ४७ करोड २८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।कम्पनीले गत आवको सोही अवधिमा २८ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ६६ प्रतिशतले बढी हो ।

१ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको १४ करोड ४७ लाख रुपैयाँ जगेडा कोषमा जम्मा रहेको छ । दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषमा १ अर्ब १३ करोड रुपैयाँ संचित रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ४२ करोड ३४ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको जीवन बीमा कोष १६८ प्रतिशतले बढेको छ ।

Prabhu
Crest

दोस्रोे त्रैमासको अवधिमा कम्पनीमा १९ हजार ३ सय ६८ वटा बीमालेख जारी भएका छन् । पुस मसान्तसम्ममा कम्पनीले १ करोड रुपैयाँ माथि कुल दावी भुक्तानी गरेको छ ।

चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिमा कम्पनीले ५ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ५ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

गत बर्षको तुलनामा कम्पनीको नाफा ० दशमलव २९ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीहरुको मुनाफा लगायतको वित्तिय विवरणहरु लेखापरिक्षणको क्रममा बीमांकीय मूल्याङ्कनको क्रममा फेरबदल हुनसक्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS