Connect IPS
IME Life

रिलायन्स लाइफको खुद बीमा शुल्क आर्जन ९२% ले बढ्दा जीवन बीमा कोष अर्बमाथि, अधिकांश सूचक उत्साहजनक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा अधिकांश सुचकमा उत्साहजनक प्रगति गरेको देखिएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५७ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९२ प्रतिशतले बढी हो ।

Prabhu
Crest

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा २४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

२ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १९ करोड ८५ लाख रुपैयाँ रहेको छ । जीवन बीमा कोषमा १ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ७७ करोड ५९ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष १३१ प्रतिशतले बढी हो । महाविपत्ती कोषमा २ करोड २० लाख रुपैयाँ सञ्चित छ ।

समिक्षा अवधिमा कम्पनीले १४ करोड ३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षकोे सोही अवधिमा कम्पनीले ३३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब १५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आथिृक वर्षको सोही अवधिमा कम्पनीले ६० करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ५१ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय १० रुपैयाँ ५० पैसा रहेको छ । कम्पनीको मुल्य आम्दानी अनुपात ११५.५२ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS