काठमाडौं । गरिमा विकास बैंकले पोखराको वडा नं १ बगरस्थित शाखाबाट लकर सुविधाको सुरु गरेको छ । बैंकले दिइरहेको सेवा तथा सूविधालाई थप प्रभावकारी गर्ने प्रयोजनका लागि पोखराको बगरस्थित शाखाबाट लकर सूविधा सुरु गरेको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले एक कार्यक्रमा उक्त सेवा सुरु गरे । गरिमा विकास बैंकले देशका ३५ जिल्लामा १०६ शाखा कार्यालय र ५१ एटीएममार्फत आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा दिँदै आईरहेको छ ।