काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १५ गते विशेष साधारण सभा बोलाएको छ । उक्त सभा विजय विकास स्रोत केन्द्र, गैडाकोट, नवलपरासीमा बिहान ९ बजे सभा बोलाएको छ ।
सभाले खप्तड वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । प्राप्ति सम्बन्धमा सम्पन्न समझदारीपत्र, सम्पत्ति, दायित्व र कारोबारको मूल्यांकन प्रतिवेदन, प्राप्ति सम्बन्धमा सञ्चालन समितिले गरेको निर्णय एवम् सो सम्बन्धमा भएका काम कारवाही र खर्च अनुमोदन गर्दै अन्तिम सम्झौतापत्र स्वीकृति गर्नेछ ।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन ६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।