काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले संयुक्त वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको माघ २६ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको वार्षिक साधारण सभा १५औं र १६औं वार्षिक साधारण सभा फागुन २१ गते मेरो प्लानेट, नेपालगञ्जमा बिहान १० बजेबाट सुरू हुने जनाएको छ ।
त्यसैगरी, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने, सञ्चालकहरूको पारिश्रमिक अनुमोदन गर्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।
बैंकले साधारण सभा प्रयोजनका लागि फागुन ५ गतेदेखि फागुन २१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।