IME Life
GBIME

भुक्तानी सेवा प्रदायक पेवेल नेपालको उद्घाटन, सर्वसाधारणका लागि आइपिओ जारी गर्ने योजना

SPIL
NIC ASIA new
NLIC

काठमाडौं। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले भुक्तानी सेवा प्रदायक ‘पेवेल नेपाल’को उद्घाटन गरेका छन्। वित्तीय, शैक्षिक, धितोपत्र, सहकारी, स्वास्थ्य, होटल, पर्यटन जस्ता व्यवसायिक क्षेत्रमा लामो अनुभव भएका व्यक्तिहरुको अग्रसरतामा २०७५ बैशाखमा पेवेल नेपालको स्थापना भएको थियो। यस कम्पनीले गत आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको काम गर्न आशय पत्र प्राप्त गरेको थियो।

हाल यस कम्पनीको चुक्तापूँजी एक करोड रुपैयाँ रहेको छ। कम्पनीले व्यापक रुपमा आफ्नो सेवा विस्तार गर्न थप पुँजीको आवश्यकता महशुस गरेकोले नेपाल राष्ट्र बैंक समक्ष १० करोड रुपैयाँ पुँजीकोष बृद्धिको प्रस्ताव गरेकोमा उक्त प्रस्ताव स्वीकृत हुने प्रक्रियामा रहेको छ। साथै आगामि दिनमा कम्पनीको चुक्ता पूँजी बृद्धि सँगै पब्लिक कम्पनीको रुपमा रुपान्तरण गरि सर्वसाधारणमा शेयर जारी गर्ने र नेपाल स्टक एक्सचेञ्जमा सुचिकरण गर्ने सम्मको लक्ष्य लिएको छ।

Crest

पेवेल नेपाल एक डिजिटल वालेट कम्पनी हो । यसले विभिन्न कारोवारहरुको लागि डिजिटल भुक्तानी सेवा सम्वन्धि कार्य गर्नेछ। यस कम्पनीले विधुत, खानेपानी, हस्पिटल, होटल, रेस्टुरेन्टको बिल भुत्तानी गर्न ,टेलीफोन, इन्टरनेट, टेलिभिजन रिचार्ज गर्न, स्कुल, कलेज फि तिर्न, हवाइ टिकट खरिद गर्ने लगायतका अन्य युटिलिटिज सर्भिसेजहरुको भुक्तानी गर्न र सहज, सस्तो, भरपर्दो र सुरक्षित तवरले रकम पाउन, पठाउन, डिपोजिट गर्न र झिक्न, सेयर खरिद बिक्रीको भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका सेवाहरुको डिजिटल माध्यमबाट भुक्तानी गर्ने कार्य गर्नेछ।

भरपर्दो इन्टरनेट सेवा नपुगेका स्थानमा अफलाइन प्रविधिमार्फत भुक्तानी सेवा उपलब्ध गराउने तयारी गरेको छ। त्यसकालागि एसएमएस र युएसएसडी जस्ता प्रविधिको प्रयोगमार्फत नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रही अफलाइन सेवा मार्फत टप अप एवं फण्ड ट्रान्सफर जस्ता सेवा उपलब्ध गराउने लक्ष्य लिएका छौ। साथै नवीनतम प्रविधिको उच्चतम प्रयोग मार्फत सरल भुक्तानी सेवा मात्र नभई विभिन्न समयमा उपभोक्ता लक्षित विभिन्न अफरहरुको सञ्चालन मार्फत थप सेवा,सुविधा दिने योजना लिएको छ। आफ्नै प्रत्यक्ष वितरण प्रणाली तथा संजाल देशभरि विस्तार गरि ग्रामिण क्षेत्रमा समेत अन्य कम्पनीको तुलनामा छिटोछरितो, सरल र भरपर्दो सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ।

विभिन्न बैंक तथा वित्तीय संस्था, होटल,अस्पताल तथा सहकारी र अन्य सम्बद्ध पक्षहरुसँगको सहकार्यमा रणनीतिक साझेदारका रुपमा सेवा विस्तार गर्ने गरि आवश्यक छलफल तथा प्रकृया अगाडि बढाईरहेको छ।

‘पेवेल नेपालको’ को वालेट प्रणाली अन्तराष्ट्रिय स्तरको अत्याधुनिक तथा नवीनतम प्रविधिको प्रयोग गरी निर्माण गरेको छ। यसको प्रयोग सरल, सुरक्षित र भरपर्दो रहेको छ।

यस कम्पनीको एप्लिकेशन पेवेल नेपाल एण्ड्रोइड मोबाइलको प्लेस्टोर र आइओएसको एपस्टोरबाट सजिलै डाउनलोड गरी सञ्चालन गर्न सकिन्छ। यसले नेपाल राष्ट्र बैंकले तोकेको साइवर सुरक्षा मापदण्ड सम्बन्धि सम्पूर्ण मापदण्ड पुरा गरी कम्पनीको एप्लिकेशन डिजाइन तथा विकास गरिएको छ। कम्पनीले विकास गरेको भुक्तानी सेवा प्रणाली साइवर सुरक्षाको दृष्टिकोणले अत्यन्तै सुरक्षित रहेको र धेरै उत्कष्ट विशेषताहरु समेटीएकोले अन्य समकक्षी भुक्तानी सेवा प्रदायकहरुभन्दा विशिष्ट र विश्वसनीय रहेको कम्पनीले जनाएको छ। यसै कारणले आम उपभोक्तामाझ छिट्टै नै पेवेल नेपाल लोकप्रिय र भरपर्दो भुक्तानी सेवा प्रदायकका रुपमा स्थापित हुनेछ कम्पनीले आशा लिएको छ।

आगामी दिनमा कम्पनीले आफ्नो व्यवसायिक संजाललाई  विस्तार गर्ने क्रममा शाखा विस्तार, एजेन्सी तथा बिक्री प्रतिनिधि मार्फत विस्तार गर्ने र उक्त एजेन्सी मार्फत आन्तरिक तथा बाह्य बिप्रेषण प्रवाह सम्बन्धि कार्यक्रम समेत निकट भविष्यमा नै संचालनमा ल्याउने कम्पनीको योजना छ। विभिन्न विप्रेषण प्रभाह गर्ने कम्पनीहरुसंगको सहकार्यमा, वालेट बाट वालेटमा वैदेशिक विप्रेषण सम्बन्धि भुक्तानी सेवा समेत संचालन गर्न नेपाल राष्ट्र बैंकले तोकेको सम्पूर्ण मापदण्ड पुरा गर्ने गरी कार्यक्रम तर्जुमा गरी रहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS