काठमाडौं । आज शेयर बजार नेप्से २९ दशमलव ०१ अंकले घटेर २,५३२ दशमलव ४६ अंकको विन्दुमा कायम भएको छ । आज १ सय ९४ कम्पनीको १ करोड ५९ लाख ८५ हजार १ सय ९८ कित्ता शेयर किनबेच हुँदा ८ अर्बमाथिको शेयर करोबार भएको छ ।
आज विकास बैंक र फाइनान्स बाहेक सबै उप सूचक घटेका छन् । सबैभन्दा धेरै २ दशमलव ७८ प्रतिशतले माइक्रोफाइनान्स समुह घटेको छ । सबैभन्दा धेरै ग्रामीण विकास लघुवित्तको २८ करोडमाथिको शेयर कारोबार भएको छ ।
त्यस्तै, प्रभु बैंकको २४ करोडमाथिको शेयर कारोबार भएको छ । ग्लोबल आइएमर्य बैंकको १९ करोडमाथि, डिप्रोक्स लघुवित्तको १८ करोडमाथिको शेयर करोबार भएको छ । हिमालयन डिस्टीलरी र नेपाल लाइफको १७ करोडमाथिको शेयर करोबार भएको छ ।
आज सबैभन्दा धेरै गुडविल फाइनान्सका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।