Connect IPS
IME Life

सपोर्ट माइक्रोफाइनान्सको यस्तो देखियो दोस्रो त्रैमास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा कम्पनीको नाफा चालू आवको सोही अवधिको तुलनामा २ दशमलव ४ गुणा वृद्धि भएको छ ।

कम्पनीले गत आवको दोस्रो त्रैमासमा ६३ लाख ७७ हजार रुपैयाँ नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर १ करोड ५८ लाख रुपैयाँ पुगेको हो ।

Prabhu
Crest

गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६४ प्रतिशत र सञ्चालन नाफा १५० प्रतिशतले वृद्धि भएको छ । चुक्तापूँजी ६ करोड ६० लाख रहेको कम्पनीको जगेडा कोषमा ३ करोड ७८ लाख रुपैयाँ सञ्चित रहेको हो ।

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ७८ करोड ९९ लाख सापटी लिएर २१ करोड ४ लाख निक्षपे संकलन गरेर १ अर्ब ४ करोड ७१ लाख कर्जा लगानी गरेको हो ।

समिक्षा अवधिमा प्रतिशेयर आम्दानी ४७ दशमलव ९०, मूल्य आम्दानी अनुपात २६ दशमलव ४९ गुणा,तरलता अनुपात ६ दशमलव ८१ प्रतिशत र प्रतिशेयर नेटवर्थ १५७ दशमलव ३९ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS