Connect IPS
IME Life

वाणिज्य बैंकको शेयरमा उछाल आउदा शेयर बजार ३७ अंकले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजार नेप्से हरियाली छ । आज नेप्से परिसूचक ३७ दशमलव ४८ अंकले बढेर २,५६१ दशमलव ४७ अंकको विन्दुमा कायम भएको छ । आज वाणिज्य बैंकको शेयरमा उछाल आउदा नेप्से बढ्न पुगेको हो । आज पाँच उपसूचक घटेका छन् । सबैभन्दा धेरै उत्पादनमुलक उप सूचक १ दशमलव २१ प्रतिशतले घटेको छ ।

आज दिनभरिमा २ सय ५ वटा कम्पनीको १ करोड ९३ लाख ३२ हजार ७ सय २६ कित्ता शेयर किनबेच हुँदा १० अर्ब १७ करोडमाथिको शेयर कारोबार भएको छ । आज कारोबारमा आएका कुल २ सय ५ कम्पनीमध्ये ७५ वठा कम्पनीको शेयर मुल्य बढेको छ । ९३ वटा कम्पनीको शेयर मुल्य घटेको भने ६ कम्पनीको यथावत रहेको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै प्रभु बैंकको ५८ करोडमाथिको शेयर करोबार भएको छ । नविल बैंकको ३२ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र डिप्रोक्स लघुवित्तको ३१ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ग्रामिन विकास लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतले कमाएका छन् भने आज सबैभन्दा धेरै हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले ६ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS