काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले संस्थापक समूहको शेयर लिलाम बढाबढ गरि बिक्री गर्ने भएको छ । बैंकले न्युनतम मूल्य प्रति कित्ता १४० रूपैयाँमा फागुन २ गते आइतबारबाट २५ लाख कित्ता संस्थापक समूहको शेयर लिलाम बढाबढ गरि बिक्री गर्ने जनाएको छ ।
उक्त शेयरमा हालका संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले फागुन २ गतेदेखि फागुन ९ गतेसम्म न्यूतमम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सक्ने बैंकले बताएको छ ।
शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।