काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आजबाट चन्द्रागिरी हिल्स लिमिटेडको कारोबार खुल्ने भएको छ । कम्पनीले माघ २३ गते, शुक्रबार नेप्सेमा शेयर सूचिकृत गराएपश्चात आजबाट कारोबार खुल्ने भएको हो ।
शुक्रबार कम्पनीको एक करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ९६ रूपैयाँ ६९ पैसादेखि अधिकतम २९० रूपैयाँ ७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।
कम्पनीको आइपिओलाई शेयर कारोबार गर्नका CGH संकेत प्रदान गरिएको छ ।