Connect IPS
IME Life

मञ्जुश्री फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मञ्जुश्री फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ १८ गतेदेखि निष्काशित ऋणपत्रमा आवेदन माघ २३ गते बैंकिङ्ग समय पश्चात बन्द हुने भएको छ । फाइनान्सले निष्काशन कार्यमा संलग्न सम्पूर्ण संकलन केन्द्रहरुलाई आज बैंकिङ्ग समय पश्चात आवेदन लिन बन्द गर्न निर्देशन दिएको हो ।

फाइनान्सले १००० रुपैयाँ दरका ५ लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको छ । उक्त ऋणपत्रको अवधि ८ बर्षको रहेको छ । ९ दशमलव ५ प्रतिशत व्याज ६÷६ महिनामा प्रदान गरिने फाइनान्सले जनाएको छ ।

Prabhu
Crest

५० करोड रुपैयाँको ऋणपत्रमध्ये ३ लाख कित्ता अर्थात ३० करोड बराबरको ऋणपत्र परिपत्र विधिबाट र २ लाख कित्ता अर्थात २० करोडको ऋणपत्र सार्वजनिक निष्काशन प्रकृयाबाट बिक्री गर्ने फाइनान्सले जनाएको छ ।

ऋणपत्र निष्काशनका लागि फाइनान्सले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

फाइनान्सको ऋणपत्रमा माघ १८ गतेदेखि छिटोमा माघ २१ गते तथा ढिलोमा फागुन २ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो । तर, २१ गतेसम्ममा प्रयाप्त आवेदन नपरेकोले फागुन २ गतेसम्म समय थप गरेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS