IME Life
GBIME

महिला लघुवित्तको आइपीओ निष्काशन मिति परिवर्तन, यस्तो छ कारण

SPIL
NIC ASIA new
NLIC

काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विक्री खुला गर्न लागेको आइपीओ निष्काशन मिति परिवर्तन भएको छ । संस्थाले माघ २८ गते बुधबारबाट साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भनेकोमा उक्त मिति परिवर्तन भई अब माघ ३० गते, शुक्रबारबाट निष्काशन तथा बिक्री खुला गर्ने जनाएको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले प्राविधिक कारण देखाउँदै कम्पनीलाई मिति परिवर्तन गर्न अनुरोध गरेको हुनाले मिति परिवर्तन गरिएको संस्थाले जनाएको छ ।

Crest

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ ।

उक्त आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि छिटोमा फागुन ४ गतेदेखि ढीलोमा फगुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS